Back To Top

April 30, 2025

आन्तरिक अर्थतन्त्रमा पनि विस्तारै सुधार

Global Ime Bank AD
Insourance

काठमाडौं ।

वाह्य अर्थतन्त्रमा सन्तोषजनक सुधार र आन्तरिक अर्थतन्त्र शिथिल रहेको बुझाइका बीच राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको चालु आवको राष्ट्रिय लेखा तथ्यांकले आन्तरिक अर्थतन्त्र सुधारको बाटोमा रहेको देखाउँछ । आर्थिक वृद्धिदर, प्रतिव्यक्ती आय तथा क्षेत्रगत प्रगतिका सूचकहरु सवै सकारात्मक नै देखिएका छन् ।

चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ४.६१ प्रतिशतले विस्तार हुने भएको छ ।  चालु आवको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान थरेको हो ।

गत आव नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत थियो । गत आवको परिमार्जित आर्थिक वृद्धिदर ०.२ प्रतिशत बिन्दु कम अर्थात् ३.६७% रहेको तथ्यांक कार्यालयले जनाएको छ । यो आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा हो ।

  अर्थतन्त्रका १८ वटै क्षेत्रमा सुधार आउने 

कार्यालयका अनुसार सबैभन्दा बढी विद्युत तथा ग्यास उद्योग १३.८२ प्रतिशत, यातायात तथा भण्डारणमा ९.४५ प्रतिशत, बीमा सेवामा ६.२९ प्रतिशतको वृद्धि भएको छ । यसअघि ऋणात्मक रहेका उद्योग तथा निर्माण क्षेत्रमा पनि सुधार हुने देखिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आवास तथा भोजन सेवा ५ प्रतिशत, सूचना तथा संचार ४.८१ प्रतिशत, मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलाप ४.७७ प्रतिशत, पेशागत वैज्ञानिक तथा प्राविधिक कृयाकलाप ३.९८ प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवा ३.९७ प्रतिशत, अन्य सेवा ३.९२ प्रतिशत, उद्योग ३.७८ प्रतिशत, थोक तथा खुद्रा ब्यापार गाडी तथा मोटरसाइकल मर्मत सेवा ३.३ प्रतिशत, कृषि वन तथा मत्स्य ३.२८ प्रतिशत रहेको छ ।

यस्तै घर जग्गा कारोबार सेवा २.७२ प्रतिशत, सार्वजनिक प्रशासन तथा रक्षा अनिवार्य सामाजिक सुरक्षा २.२४ प्रतिशत, निर्माण २.२१ प्रतिशत, पानी आपुर्ति, ढल, फोहोर व्यवस्थापन २.०९ प्रतिशत, खानी तथा उत्खनन् १.९९ प्रतिशत र शिक्षा क्षेत्रको सुधार १.९८ प्रतिशत रहेको छ ।

प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने

चालु आवमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ५१७ डलर पुग्ने उल्लेख छ । गत आवमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ६६७ अमेरिकी डलर थियो ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । गत आवको अन्त्यमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रहेको थियो ।
United long banner ad
Prev Post

एकचौथाइ उद्योग प्रतिष्ठानले ठग्छन् श्रमिक

Next Post

पेट्रोलियम पदार्थको मूल्य घट्यो

post-bars

Leave a Comment