६ प्रतिशतको वृद्धिदर सम्भव:अर्थमन्त्री पौडेल

काठमाडौं ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरी आएको बताएका छन् ।
शनिवार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेट सकारात्मक रहेको प्रक्रिया आएकाले बजेटको कार्यान्वयन पनि सकारात्मक रुपमा हुने विश्वास गर्न आग्रह गरे । ७.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको विगत भएकाले ६ प्रतिशतको वृद्धिदर हासिल सम्भव रहेको उनको भनाइ थियो ।
अर्थमन्त्री पौडेलले लक्ष्य अनुसारको राजश्व संकलनको लागि थोरै मेहनत गर्न आवश्यक रहेको बताए । उनले भने, ‘ काम नगरेको अवस्थामा हासिल गर्न सकिदैन् । काम गरिएको अवस्थामा लक्ष्य हासिल गर्न सकिन्छ ।’
