Back To Top

May 26, 2025

शेयरकर्जाको जोखीम भार घट्दा बैंकलाई केहि सहज

Global Ime Bank AD

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा गरेको संसोधनका कारण वैंक तथा वित्तीय संस्थाहरुले थप २५ अर्ब रुपैयाँ लगानी योग्य पुँजी प्राप्त गर्ने देखिएको छ ।

करिब १ खर्ब रूपैयाँ बराबरको कर्जाको जोखिम भार २५ प्रतिशत बिन्दुले घटाइकाले यस्तो अवस्था आएको होे । आइबार चालु आर्थिक वर्ष २०८१ ८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामार्फत सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाउने घोषणा गरिएको हो ।

हाल ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा १०० प्रतिशत र त्यसभन्दा माथिको सेयर धितो कर्जामा १२५ प्रतिशत जोखिम भार थियो । अब सबै सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत बनाउने भएको छ ।

राष्ट्र बैंकको २०८१ चैत मसान्तको तथ्यांक अनुसार सेयर धितो कर्जा १ खर्ब २४ अर्ब छ । जसमध्ये ५० लाख माथिको सेयर धितो कर्जा करिब १ खर्ब रुपैयाँ छ ।

उक्त कर्जाको जोखिम भार हालको १२५ प्रतिशत हुँदा १ खर्ब २५ अर्ब हुनेमा अब १०० प्रतिशत मात्रै हुँदा १ खर्ब मात्रै हुँन्छ ।
अहिलेकै अवस्थामा समग्र बैंकिङ क्षेत्रको जोखिम भार करिब २५ अर्बले घट्दा बैंकहरुले सोही बराबर जोखिम भार भएको कर्जा लगानी गर्न क्षमता बढ्ने देखिन्छ । यदि १०० प्रतिशत नै जोखिम भार भएको कर्जा लगानी गर्दा बैंकहरुले थप २५ अर्ब कर्जा विस्तार गर्ने क्षमता बढ्ने देखिन्छ ।

Global Ime Bank
Prev Post

गुणाकरलाई केार टिममा ल्याए विश्वनाथले

Next Post

विद्युत् खपत र महशुल भुक्तानी हेरेर उत्कृष्ट ग्राहक चयन

post-bars

Leave a Comment