Back To Top

September 7, 2024

मापदण्ड अनुसरण नगर्दा सौर्य एयर दुर्घटना

Global Ime Bank

काठमाडौ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने क्रममा गत साउन ९ गते दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मा वेवसाइटमार्फत सौर्य सार्वजनिक गरेको उक्त प्रतिवेदन अनुसार जहाजको तौल र गतिको अनुपात नमिलेको , अपरेसन र ग्राउन्ड ह्यान्डलिङको विधि(म्यानुअल) अनुसार जहाजमा सामान व्यवस्थापन नगरेकाले जाहज दुर्घटना भएको हो ।
सौर्यको एन–एनएमई कलसाइनको भएको सीआरजे–२० सिरिजको जहाज टेकअफ गर्नासाथ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा एक जना क्याप्टेन मनिषरत्न शाक्यलाई बाहेक जहाजमा सवार १८ जनाको निधन भएको थियो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमानुसार हरेक जहाज दुर्घटनाको हुँदा छानविन समिति बनाउनुपर्ने र उक्त समितिले बनाएको प्रतिवेदनलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)मा पाठाउनुपर्छ । प्रारम्भिक प्रतिवेदन अनुसार दुर्घटनाको एक सम्भावित कारणमा अपरेटर (सौर्य एयरलाइन्स) ले अपरेसन र ग्राउन्ड ह्यान्डलिङ म्यानुअल अनुसार जहाजमा सामान राख्नुपर्नेमा त्यसको पालना नगरेको पाइएको छ ।

यस्तो म्यानुअल नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत गराउनुपर्छ । सौर्यसँग त्यस्तो म्यानुअल भए पनि त्यसको पालना नभएको देखिएको छ । उक्त म्यानुअलमा सामान जोख्ने, त्यसलाई लोड गर्ने र जहाजभित्र कसरी सुरक्षित राख्ने भन्ने उल्लेख हुन्छ । उक्त जहाजले कार्गा सहित लोड बोकेर उड्दा बाहिरको तापक्रम, विमानस्थलको उचाइ, लोडसहित आधारमा टेकअफका बेला लिने गति आंकलन गर्नुपर्ने हुन्छ । तर त्यसलाई सहि आँकलन नगरी जहाज उडाउन खोजिएको प्रतिवेदनमा औल्याइएको छ । जाँच आयोगले प्राधिकरणबाट मर्मतका लागि दिने अनुमतिमा उल्लेख नियमहरूको पूर्णपालना हुन नसक्दा भएको कमजोरीले जहाज दुर्घटना भएको पनि प्रतिवदेनमा उल्लेख छ ।

उक्त जहाज उडेको २० सेकेन्डमै दाहिनेतर्फ कोल्टिँदै जमिनमा रहेको कन्टेनरमा ठोकिन पुगेको थियो । जहाज दुर्घटनाको १ मिनेट ४० सेकेन्डमै दमकल घटनास्थल पुगेको प्रतिवेदनले देखाएको छ ।

Prev Post

बहुबर्षीय ठेक्कामा अर्थ मन्त्रालयको अंकुश

Next Post

जर्मन सरकारले ७ अर्ब ६१ करोड रुपैयाँ अनुदान दिने

post-bars

Leave a Comment