बीमा प्राधिकरणको अध्यक्षका लागि ५ जना सर्टलिष्टमा

काठमाडौं । बीमा प्राधिकरणको अध्यक्ष पदको लागि छनोट समितिले आवेदकबाट ५ जना नाम छनोट गरेको छ ।
बीमा प्राधिकरणको अध्यक्ष छनोट समितिले आवेदकबाट कमलप्रसाद रेग्मी, चिरिञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम चयन गरेको छ ।
आवेदकबाट ५ जनामा परेकाले छनोट समिति समक्ष फागुन १० गते अन्तर्वार्ता तथा प्रस्तुती हुने छ । छनोट समितिले ५ जनाको नाम अर्थमन्त्रालयमा सिफारिस गर्ने छ ।