Back To Top

August 13, 2025

शिवम् सिमेन्टको नाफा तीन गुणा बढ्यो

Global Ime Bank AD

२८ साउन

काठमाडौं ।

शिवम् सिमेन्टको नाफा तीन गुणा बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ७९ करोड ४१ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा खुद नाफा २५ करोड ९६ लाख रुपैयाँ थियो । कम्पनीको बिक्री लागत घट्दा नाफामा उल्लेख्य योगदान पुगेको हो ।

कुल बिक्री आम्दानी सामान्य बढेको छ । बिक्री आम्दानी अघिल्लो आर्थिक वर्ष ७ अर्ब ७० करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ७ अर्ब ७६ करोड रुपैयाँ छ । त्यस्तै बिक्री लागत अघिल्लो आर्थिक वर्ष ६ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ६ अर्ब ३ करोड छ ।

साथै बैंकको ब्याज घट्दा वित्तीय लागत पनि घटेको छ । पहिले यस्तो लागत ४ करोड ९६ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १ करोड रुपैयाँ छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५५ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५७ पैसा छ

Global Ime Bank
Prev Post

ग्लोबल आइएमइले १४.११ प्रतिशत लाभांश बाँड्न सक्ने

Next Post

सेबोनको सञ्चालकमा हेमराज ढकाल नियुक्त

post-bars

Leave a Comment