Back To Top

April 3, 2025

शिवम् सिमेन्ट कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

Global Ime Bank AD

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड १७ औं कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५ बाट सम्मानित भएको छ ।

इश्वरलाल १७ औं कर्पोरेट बिजनेश अवार्ड २०२५ कार्यक्रममा शिवम् सिमेन्ट्सका प्रबन्ध निर्देशक रघुनन्दन मारुलाई उक्त अवार्ड प्रदान गरिएको छ ।

कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको छ । उत्कृष्ठ उत्पादनमुलक उद्योगको रुपमा स्थापित शिवम् सिमेन्ट विगतका दिनहरुमा समेत विभिन्न अवार्डहरुबाट सम्मानित भईसकेको छ ।
५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुका साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ ।

हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो ।

Global Ime Bank
Prev Post

ग्लोबल आइएमईका कार्ड होल्डरलाई सेल्सवेरीमा क्यासब्याक

Next Post

बिम्स्टेकको छैटौँ शिखर सम्मेलन सुरु

post-bars

Leave a Comment