मधेसमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु

काठमाडौ।
प्रदेश सरकारले स्यालो ट्युबवेल वितरण प्रक्रिया थालेको छ । खडेरीको चपेटामा परेर रोपाइँ गर्नै नसक्ने अवस्थामा पुगेका किसानका लागि मधेस सरकारले १८ करोड रुपैयाँ खर्च गरेर स्यालो ट्युबवेल बाँड्न थालेको हो ।
मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खाक्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण योजना ल्याएको छ । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीमा पानी अभावमा खडेरीबाट पीडित किसानलाई सम्बन्धित कृषि ज्ञान केन्द्रको कार्यालयबाट स्यालो ट्युबवेल वितरण सुरु गरिएको मन्त्रालयका प्रवक्ता सरोज चौधरीले जानकारी दिए ।
स्यालो ट्युबवेल वितरणका लागि अहिले सात दिने सूचना जारी गरिएको छ । एउटा ट्युबवेल लिनका लागि दुई बिघा खेतीयुक्त जमिनको प्रमाणित लालपुर्जा कृषि ज्ञान केन्द्रमा पेस गर्नुपर्नेछ ।
जनताको आवश्यकता तथा प्राथमिकताका आधारमा एक हजार दुई सय स्यालो ट्युबवेल वितरण गरिने उनले बताए । एउटा स्यालो ट्युबवेल जडान गर्न रु एक लाखदेखि तीन लाखसम्म खर्च हुने मन्त्रालयको अनुमान छ । साथै सोलार जोड्दा थप खर्च हुनेछ । ट्युबवेल जडान गर्दा पानीको सतह (गहिराइ) कति छ, त्यसको आधारमा खर्च लाग्ने उनले जनाए ।
स्यालो ट्युबवेल वितरणका लागि अहिले सात दिने सूचना जारी गरिएको छ । एउटा ट्युबवेल लिनका लागि दुई बिघा खेतीयुक्त जमिनको प्रमाणित लालपुर्जा कृषि ज्ञान केन्द्रमा पेस गर्नुपर्नेछ । मन्त्रालयले पानीको अभावमा मधेस प्रदेशमा अहिलेसम्म ५० प्रतिशत मात्र धानखेती भएको जनाएको छ ।
