Back To Top

December 26, 2024

सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव

Global Ime Bank AD
Insourance

चितवन:

सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदैछ । अग्रेजी नयाँ वर्ष तथा क्रिसमसको अवसर पारेर क्षेत्रीय होटल संघ सौराहाले हात्ती तथा पर्यटन महोत्सव आयोजना गरेको हो ।

आगामी पुस १५ गतेसम्म ५ दिन चल्ने महोत्सव बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुनेछ । १८औं संस्करणको उद्घाटन उप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्ने कार्यक्रम रहेको महोत्सव संयोजक रामकुमार अर्यालले जानकारी दिए ।

हात्ती तथा पर्यटन महोत्सवले सौराहामा आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित र वृद्धि गर्ने उद्देश्य राखिएको छ । अहिले ४० प्रतिशत रहेको सौराहाका होटलको अकुपेन्सी दर महोत्सवका अवसरमा २० देखि २५ प्रतिशत बढ्ने अपेक्षा गरिएको छ । यहाँका होटलहरुले महोत्सवका अवसरमा पर्यटकहरुलाई आर्कषित गर्न होटल तथा रेष्टुरेन्टमा खाना र आवासमा १० प्रतिशत छुट दिएको जनाएका छन् ।

अघिल्लो वर्ष चित्रसारी पुल नजिकैको चौरमा महोत्सव गरिएकोमा यसपटक पुनः बाघमारा चौरमा नै गर्न लागिएको हो ।

महोत्सवमा हात्तीको श्रृगार प्रतियोगिता, हात्ती बनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगा प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसँग बीटुबी गोष्ठी, चितवनको पर्यटनको सम्भावना हिजो र आज विषयक अन्र्तक्रिया, स्थानीय भेषभुषा तथा कला संस्कृतिसहित झाँकी प्रर्दशन, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति तथा महिला उद्यमी र स्थानीय कृषि उत्पादनको प्रर्दशनी पनि राखिने आयोजकले जनाएको छ ।

रेष्टुरेन्ट एण्ड बार एशोसियसन सौराहाका अध्यक्ष ध्रुव गिरीले हात्ती महोत्सव र फुड फेष्टिबेल दुई कार्यक्रम सौराहाको ब्राण्ड बनिसकेकोले पर्यटकहरुलाई आकर्षित गर्न सजिलो भएको बताए । हात्तीसँग जोडिएका विभिन्न खेल सम्वन्धी गतिविधीहरु सौराहामा अन्य समयमा नहुने र हात्ती महोत्सवको बेलामा मात्रै हुने हुँदा पर्यटकहरु आँखैबाट यस्ता दृश्य निकाल्न आउने अपेक्षा गरिएको गिरीले बताए ।

हात्ती महोत्सवमा निजी तथा सरकारी गरी ८० भन्दा बढी हात्ती सहभागी हुनेछन् । सौराहामा ६० वटा निजी हात्ती छन् । हात्ती वनभोज कार्यक्रमा सबै हात्तीलाई सहभागी गराइनेछ ।

United long banner ad
Prev Post

शुक्रबारदेखि बादल, वर्षा र हिउँ

Next Post

बाघ र वन धेरै भयोः प्रधानमन्त्री ओली

post-bars

Leave a Comment