Back To Top

January 27, 2026

साउदी अरबसँग श्रम सम्झौता सम्पन्न

Global Ime Bank AD
Insourance

काठमाडौ

प्रमुख श्रम गन्तव्य देश साउदी अरबसँग करिब डेढ दशकको निरन्तरको प्रयासपछि श्रम सम्झौता भएको छ । साउदी अरबको रियादमा आयोजित समारोहमा नेपाल र साउदी अरब सरकारबिच श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्धन गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संसाधन तथा सामाजिक विकासमन्त्री अहमद बिन सुलेमान अलराजीले गरेका छन् ।

सम्झौता कार्यक्रममा सहभागी श्रम मन्त्रालयका सहसचिव पीताम्बर घिमिरेले पछिल्लो पटक नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश साउदी अरबसँग श्रम सम्झौता हुनुलाई ठुलो उपलब्धिका रूपमा लिएको बताए ।   सन् २०१० देखि नै साउदी अरबसँग श्रम सम्झौताको प्रयास हुँदै आएको थियो । नेपाली श्रमिकको अधिकतम हितलाई ध्यानमा राखेर श्रम सम्झौता गरिएकाले त्यहाँ कार्यरत श्रमिकलाई धेरै राहत पुग्ने जानकारी उनले दिए । सहसचिव घिमिरेले नेपालले श्रम मन्त्रालयले विगतमा भएका श्रम सम्झौताको समेत विस्तृत समीक्षा गरिरहेकाले श्रमिक पठाउने देश, श्रम शोषण र मानव अधिकार उल्लङ्घनका विषयमा सरकारले शून्य सहनशीलता नीति अपनाए अनुरूप नै श्रम सम्झौता गरिने जानकारी उनले दिए ।

United long banner ad
Prev Post

बालेनद्वारा बर्दियामा रास्वपा कार्यलय उद्घाटन

Next Post

सम्भाव्य परियोजना अगाडि बढाउन निर्देशन

post-bars

Leave a Comment