बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बनमा

काठमाडौं ।
सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध छानविन गर्न समिति गठन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाविरुद्ध उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको एक मन्त्रीले बताए ।
समितिको सदस्यमा कपिल ओली र जीवन सिटौला रहेको बताइएको छ । सरकारले गत फागुन १२ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । नियुक्त भएको साढे ४ महिनामा उनी निलम्बनमा परेका छन् ।
बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ मा छानविन समिति गठन भएमा स्वतः निलम्बन हुने व्यवस्था छ ।
