Back To Top

March 4, 2025

बस्तीमा पसेको बाघ नियन्त्रणमा

Global Ime Bank

सप्तरी:
सप्तरीकेा फत्तेपुरकेा मानव बस्तीमा पसेको बाघलाई ‘डार्ट’ प्रयोग गरी नियन्त्रणमा लिइएको छ। खोरिया टोलको बस्तीमा सोमबार बिहान करिब ७ बजेतिर पसेको बाघलाई साँझ ६ बजेतिर मात्रै नियन्त्रणमा लिइएको हो ।कोशी टप्पु वन्यजन्तु आरक्षवाट पुगेको टोलीले  डार्ट प्रयोग गरी नियन्त्रणमा लिएको हेा ।

बस्तीमा बाघ पसेपछि सो क्षेत्र झण्डै १२ घण्टा तनावग्रस्त बन्यो। बाघको आक्रमणमा परी केही व्यक्तिहरू घाइते भएपछि र पुनः आक्रमण गर्ने शंकाले उक्त क्षेत्र तनावग्रस्त बनेको थियो

 

दिनभर भीडका कारण बाघलाई नियन्त्रणमा लिन सम्भव नएपछि साँझको समयमा मात्रै नियन्त्रणमा लिइएको हेा ।डार्ट प्रयोग गरेर बेहोस बनाइएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज लगिने व्यवस्था मिलाइएको छ।

बाघ जंगलबाटै आएकाले फेरि फर्केर जाने वातावरण नहुँदा गोठभित्र लुकेर बसेको थियो।  उक्त बाघ पोथी हो। उक्त बाघलाई कोशी टप्पु आरक्ष कार्यालयकै नियन्त्रणमा राखिएकेा जनाईएकेा छ ।

Prev Post

दूरसञ्चार फ्रिक्वेन्सीकेा रोयल्टी प्रदेश र स्थानीय तहलाई

Next Post

ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने

post-bars

Leave a Comment