Back To Top

May 20, 2025

नुनको कारोबार साल्ट ट्रेडिङबाट मात्रै

Global Ime Bank AD
Insourance

काठमाडौ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्यमा आपूर्ति गरिरहेको आयोडिनयुक्त नुनको कारोबार निजी क्षेत्रलाई सुम्पिने कुरा भ्रमपूर्ण प्रचार रहेको बताएका छन्।

सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सरकारले गरेका निर्णय क्रमशः स्पष्ट रुपमा बाहिर आउने गरेको उल्लेख गरे।

‘हामीले परिवार संख्या काउण्ट गरेर एउटा परिवारमा कति व्यक्ति हुन्छन् र वर्षभर कति नुन आवश्यक हुन्छ भन्ने अनुमान गरेर नै वितरण प्रणालीका बारेमा स्थानीय प्रशासनसँग छलफल गरेर नै अघि बढेका छौँ,’ मन्त्री भण्डारीले भने, ‘अहिले फेरि अनेक खालका अफवाह फैल्याएर लगिएको छ, यो आवश्यक छैन। तर त्यो निर्णय कहीँ कतै भएको छैन्। तर समाचार संप्रेषण भएर आयो। यहाँ कुनै समस्या पनि भएको छैन। यसले दिन नसकेको, पुर्‍याउन नसकेको, ढुवानीमा केही समस्या भएको भए जटिलता भयो कसरी गरौँ भन्ने हुन्छ, तर पनि त्यसरी समाचार प्रकाशित भएका छन्।’

मन्त्री भण्डारीले अहिले आएका अफवाहको अन्त्य गरी साल्ट ट्रेडिङ कर्पोरेसनको विश्वसनियता बढाउनुपर्नेमा जोड दिए।

United long banner ad
Prev Post

जलस्रोत विधेयक, २०८१ बहुमतले पारित

Next Post

चोभार सुक्खा बन्दरगाहमा इभीको ताँती

post-bars

Leave a Comment