Back To Top

November 11, 2025

साहस ऊर्जाले २२ प्रतिशत लाभांश दिने

Global Ime Bank AD
Insourance

काठमाडौँ:

साहस ऊर्जाले शेयरधनीका लागि २२.१०५३ प्रतिशत लाभांश घोषणा गरेको छ । सोमबार साँझ बसेको सञ्चालक समिति बैठकले कम्पनीले चुक्ता पूँजीको २१ प्रतिशत सेयर बोनस र कर प्रयोजनका लागि आवश्यक १.१०५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीका अनुसार यो लाभांश विद्युत् नियमन आयोग र आगामी साधारणसभाबाट स्वीकृत भएपछि शेयरधनीलाई वितरण गरिनेछ । साथै, कम्पनीले बोनस सेयर जारी गरेपछि कायम हुने चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ पुग्नेछ र १ः१ अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने योजना बनाएको छ ।

साहस ऊर्जाले हालको लाभांश घोषणा मार्फत शेयरधनीलाई दीर्घकालीन लगानीमा विश्वास र आकर्षण बढाउने उद्देश्य राखेको जनाएको छ ।

United long banner ad
Prev Post

करिब ५ हजारले बढ्यो सुनको भाउ

Next Post

कुलमानको हस्तक्षेपपछि सुल्झियो मेलम्ची बिवाद

post-bars

Leave a Comment