Back To Top

September 24, 2024

सडकको अनुगमनमा स्वास्थ्य मन्त्री

Global Ime Bank AD
Insourance

काठमाडौंः
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आफू निर्वाचित क्षेत्रको सडक मर्मतमा ढिलाइ गरको भन्दै सरोकारवालालाई काम छिटो सक्न निर्देशन दिएका छन् ।
बाँसबारी बुढानिलकण्ठ सडकमा खानेपानी तथा विद्युत विस्तारका काम भइरहेका छन् ।

काठमाडौं ५ का निर्वाचित सांसदसमेत रहेका मन्त्री पौडेलले तीन साता अघि मेलम्ची खानेपानी तथा नेपाल विद्युत प्राधिकरणले समयमै मर्मत नगरे पछि धुलो र धुवाँबाट नागरिकले सास्ती पाएको भन्दै कालोपत्रे तत्काल अघि बढाउने व्यवस्था मिलाउन भनेका थिए । एक वर्ष अघि नै काम थालिए पनि तीन निकायबीचको समन्वय नहुँदा ढिलाइ भए पछि नागरिकलाई परेको सास्ती कम गर्न भन्दै मन्त्री पौडेलले पटक पटक पहल थालेका थिए ।

बुधबार पुनः निरिक्षणका लागि पुगेका सो क्षेत्रका सांसदसमेत रहेका मन्त्री पौडेलले अब काममा थप ढिलाइ नगर्न ध्यानाकर्षण गराए । मन्त्रीसामु सम्बद्ध अधिकारीहरुले एक दुई दिनभित्रै कालोपत्रे सम्पन्न गराउने प्रतिबद्धता जनाएका थिए  ।  चक्रपथ नारायणगोपाल चोकदेखि सहिद गंगालालसम्मको खण्ड भने नेपाल विद्युत प्राधिकरणले कालोपत्रे गर्ने तयारी गरिरहेको छ ।

United long banner ad
Prev Post

त्रिशूली थ्री बी सबस्टेशनको अनुगमनमा ऊर्जा मन्त्री

Next Post

हुलास फिनसर्भको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

post-bars

Leave a Comment