Back To Top

July 28, 2025

देशभर धान रोपाइँ ७८.८४ प्रतिशत,मधेसमा ५१.८२ प्रतिशत

Global Ime Bank AD

काठमाडौं । देशभर आइतबारसम्म धान रोपाइँ हुने क्षेत्रफलको ७८.८४ प्रतिशत भूभागमा धान रोपिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेस प्रदेशमा ५१.८२ प्रतिशत भूभागमा रोपाइँ भएको छ । त्यसैगरी वाग्मती प्रदेशमा ८७.१९ प्रतिशत र गण्डकी प्रदेशमा ८१.५३ प्रतिशत भूभागमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा ९२.०४ प्रतिशत भूभागमा रोपाइँ भएको छ । कर्णााली प्रदेशमा ९१.३८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।

गत वर्ष साउन १३ गतेसम्म ९२.६ प्रतिशत भूभागमा रोपाइँ भएको थियो । यो वर्ष मधेस प्रदेशलगायतका केही क्षेत्रमा पानी नपरेका कारण हालसम्म गत वर्षको तुलनामा कम क्षेत्रमा रोपाइँ भएको हो ।

Global Ime Bank
Prev Post

पहिरोले चार राजमार्ग अवरुद्ध

Next Post

एमसीसी नेपाल कम्प्याक्टले निरन्तरता पाउने

post-bars

Leave a Comment