Back To Top

December 27, 2024

तीन रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज

Global Ime Bank AD
Insourance

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले तीन रेमिट्यान्स कम्पनीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ। राष्ट्र बैंकले रेमिट इन्टरनेशनल प्रालि, मोर्डन रेमिट्यान्स प्रालि, र भाटभटेनी मनि ट्रान्सफर प्रालिकाे लाइसेन्स खारेज गरेकाे हाे ।

राष्ट्र बैंकले विप्रेषण विनियमावली २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उपविनियम ५ अनुसार यी कम्पनीहरूको लाइसेन्स खारेज गरेको जानकारी दिएको छ।

लाइसेन्स खारेज भएका कम्पनीहरूसँग सम्बन्धित कुनै व्यक्ति वा संस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) बाँकी रहेको भए, त्यसको जानकारी ३५ दिनभित्र राष्ट्र बैंकलाई दिन राष्ट्र बैंकले आग्रह गरेको छ।

यस अवधि भित्र लिखित दाबी नआएमा उक्त कम्पनीहरूको बैंक जमानत स्वतः फुकुवा हुने बैंकले छ।

त्यस्तै खारेज भएका कम्पनीहरूसँग लेनदेन रकम सम्बन्धी दाबी गर्दा, मान्य अवधिको बैंक जमानतभित्र उपलब्ध रकमसम्म मात्र हिसाब मिलान हुने व्यवस्था छ। तोकिएको म्यादभित्र प्राप्त दाबीहरूको मात्र कानूनी प्रक्रियामा समावेश गरिने राष्ट्र बैंकले जनाएको छ।

United long banner ad
Prev Post

बाघ र वन धेरै भयोः प्रधानमन्त्री ओली

Next Post

सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ:बालेन

post-bars

Leave a Comment