Back To Top

October 9, 2024

उद्धार कोषमा थपियो रु १६ करोड ४३ लाख

Global Ime Bank

काठमाडौं

असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी पहिरोेको क्षतिमा राहत तथा पुनः स्थापनमा सहयोग गर्ने गरी सार्वजनिक तथा निजी क्षेत्र, राजनीतिक दल तथा संघसँस्थाबाट कोषमा रकम जम्मा हुँदै आएको छ ।

असोज १४ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिष्द कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार असोज २२ गतेसम्म प्रधानमन्त्री उद्धार कोषमा १६ करोड ४३ लाख रुपैयाँ थपिएको छ ।

उक्त कोषमा २०८१ असार मसान्तसम्म १ अर्ब ५२ करोड ८३ लाख रुपैयाँ बाँकी थियो ।  सो कोषमा बाढी पहिरोको थप हुँदा असोज २२ गतेसम्म कुल १ अर्ब ६९ करोड २७ लाख पुगेको विवरणमा उल्लेख छ ।

Prev Post

पुल पुनः स्थापनाका लागि सरकारले २० वटा बेलिब्रिज किन्ने

Next Post

कुलमानमाथि हस्तक्षेपको प्रयासमा ऊर्जा मन्त्री

post-bars

Leave a Comment