Back To Top

October 29, 2025

रिलायन्स स्पिनिङलाई अन्तरिम आदेश दिन अस्वीकार

Global Ime Bank AD
Insourance

काठमाडौं ।

उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल आदेशले आज मंगलबार निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै यस सम्बन्धमा आगामी कात्तिक १९ गते विपक्षी (नेपाल विद्युत् प्राधिकरण) हरुसमेतसँग छलफल गरी निर्णय गर्नु उपयुक्त हुने आदेश गरेको हो ।

प्राधिकरणले गत असोज १० गते, असोज १२ र असोज १३ गते रिलायन्स स्पिनिङ मिल्सलाई रकम बुझाउन र तोकिएको समयमा नबुझाएमा उद्योगमा आपूर्ति भइरहेको बिजुलीको लाइन काटिने जानकारी दिंदै पत्राचार गरेको थियाो ।
प्राधिकरणको उक्त निर्णय र पत्राचारविरुद्ध रिलायन्स अन्तरिम आदेश माग गर्दै उच्च अदालत गएको हो ।

अदालतको आजको आदेशसँगै प्राधिकरणलाई रिलायन्सको लाइन काटिरहन कुनै बाधा नपर्ने भएको छ । निवेदकले प्राधिकरणको लाइन काट्न पत्र कार्यान्वयन नगराई यथास्थितिमा राख्न र प्रशासकीय पुनरावलोकन सम्बन्धी कार्य अगाडि बढाउनू भन्ने समेतका विभिन्न विषयमा अन्तरिम आदेश माग गरेको थियो ।

विद्युत् प्राधिकरणले अघिल्लो मंगलबार (कात्तिक ४) बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत लाइन काटेको थियो ।

 

United long banner ad
Prev Post

नेपालको नविकरणीय ऊर्जामा लगानी गरी हरित भविश्य सुनिश्चित गर्न आग्रह

Next Post

तीन प्रदेशमा मध्यम हिमपातको आँकलन

post-bars

Leave a Comment