काठमाडौ ।
रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार शुरु गरेको ८ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा कम्पनीले विभिन्न कार्यक्रम आयोजना गरेको जनाइएको छ ।
वार्षिक उत्सवको अवसरमा कम्पनीका कर्मचारी तथा एडभाइजरहरु समेतको उल्लेख्य सहभागितामा केन्द्रीय कार्यालयवाट ज्ञानेश्वरवाट मैतिदेवि, डिल्लीवजार, पुतलीसडक, कृष्ण पाउरोटी हुँदै पुनः केन्द्रिय कार्यालय ज्ञानेश्वर सम्म बीमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरुमा विभिन्न कार्यक्रमहरु गरी आठौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ५७ करोड बराबर नाफा आर्जन गरेको छ । त्यसैगरी कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुरा गरी हाल ५ अर्व १९ करोड भएको छ । कम्पनीले कुल लगानी गत आर्थिक वर्षको अन्त्यमा २० अरबको हाराहारीमा रहेको छ भने गत आव मा कम्पनीले १ अर्व ४३ करोड दाबी भुक्तानी प्रदान गरेको छ ।