Back To Top

November 4, 2025

पूर्वबैंकर ज्ञवालीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

Global Ime Bank AD
Insourance

काठमाडौं ।  पूर्वबैंकर कमलप्रसाद ज्ञवालीलाई छाड्न अदालतले परमादेश जारी गरेको छ।

सात वर्षदेखि जेलमा रहेका ज्ञवालीलाई छाड्न  श्रीमती गौरी खनाल ज्ञवालीले सर्बोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। न्यायाधिसहरु हरिप्रसाद फुयाल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासले सोमबार परमादेश जारी गरेको हो।

ऋण दूरुपयोग अभियोगमा उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले ज्ञवाली र उनकी श्रीमती गौरीलाई बैंकिङ कसुर गरेको अभियोगमा उच्च अदालत पाटनले ४ असोज २०७३ मा  ज्ञवालीका साथै उनकी श्रीमती गौरी खनाल (ज्ञवाली), किश्वर ढकाललाई मुख्य कसुरदार ठहर गरी ४ वर्ष कैद सजाय सुनाएको थियो । कमल र गौरीलाई ६ करोड २५ लाख रुपैयाँका दरले बिगो र जरिबाना सजाय समेत सुनाएको थियो ।यसअघि नै कैद भुक्तान गरिसके पनि ज्ञवालीले जरिबाना बापतको रकम नबुझाउँदा उनको जेल बसाइ लम्बिएको थियो ।

United long banner ad
Prev Post

‘विद्युत् माग सुधार उच्च प्राथमिकतामा’

Next Post

राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको सरुवा

post-bars

Leave a Comment