Back To Top

October 2, 2024

रियलमीको खरिदमा सवारी साधान जित्ने अफर

Global Ime Bank

काठमाडौ:

स्मार्टफोन ब्रान्ड रियलमीले “बडा दशैं, तिहारको बडा अफर” योजना शुरु गरेको छ । नेपालीहरुको महान चाड विजयादशमी तथा दीपावलीको शुभ अवसर पारेर आफ्ना ग्राहकहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ ।

योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले मेगा उपहार स्वरुप एमजी ४ इभि जित्ने अवसर पाउनेछन् भने बम्पर उपहार स्वरुप टिभीएस एन्टर्क ड्रम स्कुटर जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सि ६३ पाउन सक्नेछन् भने दैनिक १० जना भाग्यशाली विजेताहरूले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याकहरू जित्ने अवसर प्राप्त गर्ने रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च मुनिश गिरीले बताए ।

“बडा दशैं, तिहारको बडा अफर” असोज १५ देखि कार्तिक २२ सम्म लागु हुनेछ ।

Prev Post

फेरी दुई दिन वर्षा, कोशी र बागमतिमा सचेत रहनुपर्ने

Next Post

मर्चेन्ट बैंकर एसोसिएसनमा नयाँ कार्यसमिति

post-bars

Leave a Comment