Back To Top

December 15, 2025

चिसो बढेसँगै विद्युत उत्पादन प्रभावित

Global Ime Bank AD
Insourance

रसुवा ।

हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत उत्पादन प्रभावित भएको छ । सम्बद्ध व्यावसायीहरूका अनुसार जिल्लाको माथिल्लो भेगमा चिसो बढेसँगै हिउँ पग्लने दर कम भएको र पानी जम्न थालेकाले नदी तथा खोलामा पानीको सतह घट्न गई विद्युत उत्पादन प्रभावित भएको हो ।

पछिल्ला दिनमा २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजनाबाट १६ मेगावाट, १४.८ मेगावाट क्षमताको ‘अप्पर साङ्जेन’बाट ६ मेगावाट, ४२.५ मेगावाटको ‘लोवर स्याङ्जेन’बाट ३० मेगावाट र ७८ मेगावाट क्षमताको सालासुङ्गीबाट पाँच मेगावाट क्षमता मात्र विद्युत उत्पादन हुने गरेको सम्बन्धित आयोजनाबाट जानकारी प्राप्त भएको छ ।

चिसोका कारण विद्युत उत्पादनमा भारी कटौती हुने गरेको जानकारी दिँदै सालासुङ्गी हाइड्रो पावरमा कार्यरत इञ्जिनियर राजु श्रेष्ठले भने, ‘अत्यधिक चिसोका कारण अहिले खोलामा पानीको सतह घटेको छ । पानीको बहाव घटेसँगै क्षमताभन्दा न्यून विद्युत उत्पादन गर्न बाध्य छौँ । चैतपछि हिउँ पग्लिने दर वृद्धि भई खोलामा पानीको बहाव बढ्न थाल्छ । त्यसपछि आयोजनाको क्षमताअनुसार विद्युत उत्पादन हुन थाल्छ ।’

यसैबीच, गत असारमा आएको बाढीका कारण क्षति पुगेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत केन्द्रको संरचना पुनर्निर्माणपछि हाल ३७ मेगावाट विद्युत उत्पादन भइरहेको रसुवागढी जलविद्युत कम्पनीका कार्यकारी अधिकृत सत्यराम ज्याख्वाले जानकारी दिए । स्थानीय खोलामा आएको बाढीबाट प्रभावित सो आयोजना पुनर्निर्माणको काम पूरा भए हिउँदमा करिब ६५ देखि ७० मेगावाटसम्म विद्युत उत्पादन हुने बताइएको छ ।

United long banner ad
Prev Post

ठूला भारु नोट नेपालमा पनि चलाउने तयारी

post-bars

Leave a Comment