Back To Top

November 2, 2024

भाइटिकाको दिन वर्षा कता कता ?

Global Ime Bank

काठमाडौं ।

यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ ।

विभागका अनुसार शनिबार दिनभर मौसम बदली भयो भने भाइटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने छ ।

आइतबार भाइटीकाको दिन कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थान तथा तराईका केही भू–भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ । काठमाडौँ उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्छ ।
अहिले देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । सोही कारण ती स्थानमा वर्षाको सम्भावना देखिएको हो ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक(आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन माहाशाखाको अनुरोध छ ।
जाडो एक सातामा

अब एक सातापछि काठमाडौँ उपत्यकालगायत देशैभर चिसो बढ्ने छ । विज्ञका अनुसार नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्नेछ ।

 

Prev Post

लक्ष्मीपूजाको दिन पिक डिमाण्ड १६०२ मेगावाट

Next Post

चिलिमे–त्रिशूली प्रशारण लाइन तयार

post-bars

Leave a Comment