Back To Top

July 20, 2025

छ प्रदेशमा वर्षा जारी, २४ घण्टा निरन्तर

Global Ime Bank AD
Insourance

काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा आगामी २४ घण्टासम्म अधिकांश भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार दिउँसोको लागि जारी पूर्वानुमानअनुसार, कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका साथै देशका पहाडी क्षेत्रका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाइएको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावनासमेत रहेको महाशाखाले उल्लेख गरेको छ।

आज रातिको अवस्थामा पनि देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरूमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। हिमाली र उच्च पहाडी भू-भागहरूमा रातिको समयमा पनि वर्षा र हिमपातको सम्भावना कायम रहेको छ।

मौसम विश्लेषण अनुसार, हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको बताइएको छ।

महाशाखाले सम्भावित भारी वर्षा तथा हिमपातका कारण बाढी, पहिरो र हिलोकाे जोखिम बढ्न सक्ने भन्दै पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यातायात, कृषिकर्म र दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले सचेत रहन सुझाव दिइएको छ।

United long banner ad
Prev Post

जलविद्युत् आयोजनामा बाढीको पूर्वतयारीका लागि आग्रह

Next Post

शेयर कारोबार एक वर्षमै तीन गुणा बृद्दि

post-bars

Leave a Comment