Back To Top

August 2, 2025

शुख्खाग्रस्त मधेशमा वर्सियो पानी

Global Ime Bank AD

काठमाडौं ।
खडेरीका कारण संकटक्षेत्र घोषित मधेशका केही जिल्लामा गएराती भारी वर्षा भएको छ । बर्खाको समयमा लामो समयदेखि सुक्खाग्रस्त मधेशका केही ठाउँमा गत २४ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान गरिएको मापन अनुसार धनुषा जिल्लाको तुल्सी केन्द्रमा ६३.८ मिलिमिटर वर्षा भएको छ । धनुषाकै हर्दिनाथमा ५१ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै रौतहटको गौरमा ४४.६ र बाराको अमलेखगंजमा ४६.४ मिलिमिटर वर्षा भएको छ ।
विभागका अनुसार सर्लाहीमा ३७.६, महोत्तरीको गौशाला स्टेशनमा ३२.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । सिरहा र सप्तरीमा भने न्यूनमात्रामा वर्षा भएको छ ।

मध्य वर्षायाम सम्म पनि पानी नपरेर मधेशमा आधामात्रै रोपाइ भएको छ भने खानीपानीको समेत अभाव झेल्नु परेको छ । यहि कारण सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । रोपाइँसमेत हुन नसकेको मधेशमा शुक्रबारदेखि भएको वर्षाले राहत भएको छ ।

२४ घण्टामा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई मौसम विज्ञानमा भारी वर्षा भएको मानिन्छ भने १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम वर्षा भएको मानिन्छ ।

आइतबार पनि मधेशमा मध्यमदेखि भारी वर्षा हुने प्रक्षेपण गरिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तरतिर (नेपालतिर) सर्ने क्रममा रहेकाले थप वर्षा हुने सम्भावना छ ।

Global Ime Bank
Prev Post

कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

Next Post

चालक अनुमति पत्र अब १० वर्षको हुने

post-bars

Leave a Comment