Back To Top

October 27, 2025

सहज सञ्चारको अपेक्षामा सञ्चारमन्त्रीको कार्यकक्षमा जनता

Global Ime Bank AD

काठमाडौँ ।

हुम्ला र मनाङ जिल्लाको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पु¥याउन त्यहाँका जनप्रतिनिधि तथा अग्रज स्थानीयले सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई आग्रह गरेका छन् ।

हुम्लाको नाम्खा गाउँपालिका तथा मनाङको नार्पा भूमि गाउँपालिकाका विभिन्न क्षेत्रका स्थानीयवासीसहितको प्रतिनिधिमण्डलले आइतबार सिंहदरबारस्थित मन्त्रालयमा सञ्चारमन्त्री खरेलसँग भेटग नरी ाम्खाका विभिन्न क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तारका लागि अनुरोध गर्दै ज्ञापन पत्र बुझाए ।

हुम्लाको लाम्खा गाउँपालिका वडा नं ६ स्थित लिमी क्षेत्र तथा मनाङ्को नार्पा भूमि गाउँपालिका वडा नं १ स्थित नार गाउँ र वडा नं ५ को फू गाउँलगायत गुणस्तरीय र भरपर्दो दूरसञ्चारको पहुँच विस्तार गर्न स्थानीयले माग गरेका छन् । नाम्खाका विभिन्न क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तार तथा नार्पाको नार र फू क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार गर्न आग्रह गरिएको छ ।

प्रतिनिधिमण्डलको ज्ञापन पत्र ग्रहण गर्दै सञ्चारमन्त्री खरेलले हुम्लाको लिमी, लाप्चालगायत क्षेत्रमा दूरसञ्चारको साधन टेलिफोन र इन्टरनेट सेवाको पहुँच स्थापित गर्न तथा मनाङको नर्पा भूमिका दुर्गम क्षेत्रमा फोरजी सेवाको पहुँच पु¥याउन पहल गर्ने विश्वास दिलाए । मन्त्री खरेलले देशका ग्रामीण क्षेत्रका जनतालाई सञ्चार आदन–प्रदान, डिजिटल भुक्तानी लगायतमा सहज होस् भन्ने हेतुले आफूले निरन्तर पहल गरिरहेको उल्लेख गरे । सञ्चारमन्त्री खरेलले सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशमा टेलिफोन र इन्टरनेट सेवाको पहुँच विस्तार गर्न लागि मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको पनि जानकारी गराए । नाम्खामा रहेको लिमी उपत्यका पर्यटकीय गन्तव्य हो ।

हुम्ला सिमिकोटका स्थानीय रामजन रावतले हुम्लाको पर्यटकीय क्षेत्र लिमीलाई पर्यटनको आकर्षक केन्द्रको रुपमा स्थापित गर्न तथा सञ्चारको पहुच अभिवृद्धि गर्ने उद्देश्यले सञ्चार सञ्जाल विस्तारको पहल गरिदिन सञ्चारमन्त्रीसमक्ष आग्रग गरिएको बताए । हुम्लाको लिमी, लाप्चाबाट पवित्र मानसरोवर दर्शन गर्न सकिन्छ । तर, त्यहाँ पुग्ने विभिन्न पदमार्गहरुमा टेलिफोन र इन्टरनेटको सुविधा नहुर्दा स्थानीय एवं पर्यटकलाई समस्या हुने गरेको छ । पर्यटकीय क्षेत्र लिमी, लाप्चा सल्ली, न्यालु र ताक्चीमा कुनैपनि सञ्चारको साधन नहुँदा स्थानीयले शास्ती बेहोर्नुपरेको छ । लिमीमा तीनवटा टावर निर्माण गरी टेलिफोन र इन्टरनेट सेवा सञ्चालनका लागि स्थानीयले माग गरेका छन् ।

लिमी क्षेत्रमा झण्डै छ महिना हिमपात हुनेगर्छ । बाक्लो हिमपातले स्थानीय र पर्यटकलाई सञ्चार सम्पर्कमा कठिन हुने गरेको छ ।

लिमीका स्थानीय फुन्जोक छोपेल तामाङका अनुसार कैलास मानसरोवर जाने लिमी क्षेत्रमा पर्यटकलाई सञ्चार सम्पर्क गर्न असहज भएको र स्थानीय बिरामी परेको अवस्थामा सम्पक गर्न र समयमै अस्पताल लैजान समस्या भएको बताए । टेलिफोन र इन्टरनेट सेवा सुरु भएको खण्डमा स्थानीयलाई राहत मिल्नुका साथै पर्यटकलाई सञ्चार आदन–प्रदानमा सहज हुने तामाङले बताए ।

कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लाको सुदूर उत्तर पश्चिम भागमा अवस्थित नाम्खा पर्यटकीय गन्तव्य पनि हो । स्थानीयका अनुसार लिमी क्षेत्रमा वार्षिक १५ हजारभन्दा बढी पर्यटक पुग्ने गरेका छन् । लिमी क्षेत्रफलका हिसावले नेपालको सबैभन्दा ठूलो गाउँपालिका हो ।

यस्तै मनाङ्को नार्पा भूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तन्जीङ लामाले वडा नं १ स्थित नार गाउँ र वडा नं ५ को फू गाउँमा दूरसञ्चार सेवालाई दिगो र गुणस्तरीय बनाउन तथा टेलिकमको फोरजी सेवा विस्तारका लागि स्थानीयले सञ्चारमन्त्रीलाई आग्र । उहाँका अनुसार ती क्षेत्रमा एक/एक वटा नेपाल टेलिकमका टावर रहेको र इन्टरनेट सेवाका लागि टेकमाइन्स नेटवर्कसँग सम्झौता भएको छ ।

टेलिकम टावर र इन्टरनेट सेवा न्यून गुणस्तर र भरपर्दो नहुँदा पीएएमएस, इजिपी, सीसीआइएमएस, इआइएमएसलगायत अधिकांश सेवाहरु अनलाइनमा आधारित हुनका साथै ओटीपीसमेत मोबाइल नेटवर्कका कारण प्राप्त नहुने र दैनिक रिपोटिङ गर्नुपर्ने तथ्यांकहरु अनलाईन प्रणालीमा प्रविष्टि गर्न कठिनाई भइरहेको छ ।

अनलाईनका लागि पालिका केन्द्रदेखि दुई दिन हिडेर जिल्ला सदरमुकाम झर्नुपर्ने बाध्यता रहेको भन्दै अध्यक्ष लामाले दैनिक सार्वजनिक प्रशासन तथा सेवा प्रवाहमा अवरोध सिर्जना भएकोले गुणस्तरीय र दिगो सूचना तथा सञ्चार सुविधा अति आवश्यक रहेको हुँदा सोको व्यवस्थापनका लागि यथासम्भव फोरजी सहितको मोवाइल नेटवर्ककको लागि शिघ्र पहल गरिदिन सञ्चारमन्त्रीसमक्ष अनुरोध गरिएको बताए ।

Global Ime Bank
Prev Post

मन्त्रीपरिषदमा थपिँदै समावेशी अनुहार

Next Post

हायात होटेल पुनर्निर्माणपछि सञ्चालनमा आउने

post-bars

Leave a Comment