Back To Top

December 22, 2025

 एमसीसी सडक: काठमाडौमा ठेक्का लमहीमा विरोध

Global Ime Bank AD
Insourance

काठमाडौं । अमेरिकी एमसीसी परियोजना अन्तरगतको सडक निर्माणका लागि एमसिए नेपालले सोमबार ठेक्का संझौता गर्दै गर्दा निर्माणस्थल क्षेत्रमा भने विरोध सुरु भएको छ ।

अमेरिकाको एमसीसी परियोजना अन्तर्गत एमसीए नेपालले दुई लेनमा स्तरोन्नति गर्न लागेको धानखोला–लमही सडकखण्ड चार लेनमा बिस्तारको माग गर्दै स्थानीयले प्रदेश राजधानीमा सरकारी गाडी सञ्चालनमा रोक लगाएका हुन् ।

धानखोला–लमही चार लेन सडक निर्माण संघर्ष समितिका संयोजक प्रकाश शाहीले माग सम्बोधन नभएसम्म आज पुस ७ गतेदेखि यो महिनाभर प्रदेश राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन नदिने बताए ।

पुर्वपश्चिम राजमागलाई एसियाली मापदण्डअनुसार विकास गर्ने क्रममा अहिले सो सडकका विभिन्न खण्डलाई चारलेनको फराकिलो बनाइरहेका बेला एमसीसी अन्तरगत यो खण्ड २ लेनमा मात्रै विकसित गर्न लागिएपछि विरोध सुरु भएको हो ।

शाहीको नेतृत्वमा केही युवाहरु लुम्बिनी प्रदेश राजधानी गेट, राप्ती गाउँपालिका–३ स्थित प्रदेश प्रशासनिक केन्द्र मुख्य प्रवेश क्षेत्रमा भेला भएर प्रदर्शन गरिरहेका छन् ।

लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी क्षेत्रमा प्रस्तावित दुई लेनको धानखोला–लमही सडक खण्डमा एमसीसी परियोजना अन्तरगत एमसीए नेपालले साविकको ७ मिटर चौडा सडकलाई दायाँ–बाँया २.५र२.५ मिटर थपेर १२ मिटर मात्र सीमित गरी उही २ लेनकै सडक बनाउन खोजेको भन्दै स्थानीय विरोधमा छन् ।

 

United long banner ad
Prev Post

सिद्धबाबा सुरुङकाे निर्माण ६५ प्रतिशत सम्पन्न

Next Post

५ महिनामा पौने १० अर्ब रुपैयाँको ईभी आयात

post-bars

Leave a Comment