यस्तो छ गभर्नरको सम्पत्ती, शेयरमात्रै १४ करोडको

काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । २०८२ जेठ ६ गते गभर्नर नियुक्त भएका पौडेलको ललितपुरस्थित भैंसेपाटीमा घर र जग्गा साथै नवलपसारीको गैंडाकोटामा पनि घर र जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।घरजग्गा श्रीमतीको नाममा रहेको विवरणमा उल्लेख छ ।
पौडेसँग सुन र हिराको गहन पनि छ । सम्पूर्ण सम्पत्तिको स्रोत पैतृक र स्वआर्जन भएको गभर्नर पौडेलले सार्वजनिक गरेको सम्मपत्ति विवरणमा उल्लेख छ ।
पौडेलले सानिमा बैंक, सानिमामाई हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयरमा लगानी गरेका छन् ।
पौडेलको नाममा सानिमा बैंकको २ लाख ४४ हजार १७६ कित्ता संस्थापक सेयर रहेको विवरणमा उल्लेख गरिएको छ ।
यस्तै सानिमामाई हाइड्रोपावरको ९२ हजार ५७९ कित्ता सेयर, सानिमा मिडिल तमोर हाइड्रोपावरको १ लाख ८८ हजार कित्ता सेयरमा गभर्नर पौडेलको लगानी छ ।
गभर्नर पौडेल ग्लोबेको प्रालिको प्रवर्द्धको रुपमा १ लाख ८६ हजार ८३४ कित्ता र श्रीमती प्रतिभा शर्माको नाममा ७५ हजार कित्ता सेयर छ। त्यस्तै गभर्नर पौडेलकै नाममा संयुक्त उर्जा हाइड्रोपावरको प्रवर्द्धकको रुपमा ५ लाख कित्ता सेयर छ । यस्तै चितवन इनर्जी लिमिटेडको प्रवर्द्धकको रुपमा २ लाख ५० हजार कित्ता सेयर छ ।
ललितपुरको साविकको सैंबुमा ५ आना २ दाम जग्गा र सोही जग्गामा बनेको २७९५ वर्गफिटको घर छ । त्यस्तै नवलपसारीको गैंडाकोटमा २ कित्ता जाग्गा र २५०० वर्गफिटको घर छ ।
ललितपुरको घर र जग्गा १ कराड ५५ लाख रुपैयाँ तथा गैंडाकोटको घर र जग्गा ६० लाख रुपैयाँमा खरिद गरेको पौडेलले उल्लेख गरेका छन् । उक्त सम्पत्ति पैतृक र स्वआर्जनबाट जोडेको विवरणमा उल्लेख छ ।
पौडेलसँग सुनका गहना करिब ४५ तोला र १५ लाख रुपैयाँमा खरिद गरेको हिराका गहना रहेको सम्पत्ति विवरणमा जनाइएको छ ।
सानिमा बैंकमा गभर्नर पौडेलको खातामा १३ लाख २३ हजार १९२ रुपैयाँ ५८ पैसा माज्दात रहेको उल्लेख छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खातामा २ लाख ५९ हजार ३४४ रुपैयाँ, सानिमा बैंककै डलर खातामा ६६.७८ अमेरिकी डलर छ।
श्रीमती प्रतिभा शर्माको सानिमा बैंकमा रहेको खातामा १२ हजार ५४७ रुपैयाँ, प्रभु बैंकको खातामा ४ लाख ७३ हजार ८२४ रुपैयाँ र सानिमा बैंकको डलर खातामा ४४४६.५८ अमेरिकी डलर रहेको छ । बैंक खातामा रहेको सबै सम्पत्ति स्वआर्जन रहेको विवरणमा उल्लेख छ ।
यस्तै २०७७ भदौमा किनेको ४४ लाख रुपैयाँ मूल्यको सुजुकी कार पनि सम्पत्तिको रुपमा रहेको पौडेलेको सम्पत्ति विवरणमा उल्लेख छ ।
