Back To Top

December 22, 2024

संस्थापक शेयर विक्री रोक्नु अन्यायपूर्ण: मल्ल

Global Ime Bank AD
Insourance

काठमाडौँ,

स्वामित्वमा भएको सेयर कम्पनीबाट राजीनामापछि पनि एक वर्षसम्म बेच्न नपाउने व्यवस्था प्रति नेपाल निर्जीवन बिमा व्यवसायी संघले विरोध जनाएको छ ।
संस्थाबाट बहिरिने तर स्वामित्वको शेयर विक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक र असान्दर्भिक भएको संघले जनाएको छ । संघले त्यसबारे नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई भेटेर ज्ञापन पत्र नै बुझाएको छ । ज्ञापनपत्रमा सङ्गठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था अव्यावहारिक रहेको उल्लेख छ ।

सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कम्पनीमा कायम रहेका सबै सेयरधनी जस्तै सञ्चालक पनि लगानीकर्ता नै रहेको र सेयरधनीको साधारण सभाबाट निर्वाचित भई उनीहरूका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेकै आधारमा सेयर बिक्री गर्न नपाउने व्यवस्था न्यायोचित छैन ।”

संघका अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोलीले आइतबार बोर्डका अध्यक्ष श्रेष्ठसमक्ष सो प्रावधान तत्काल सच्याउन आग्रहसमेत गरेको छ । लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य सेयरधनीको वित्तीय स्वार्थ र सञ्चालकको वित्तीय स्वार्थमा कुनै फरक नरहेको अध्यक्ष मल्लले बताए ।
“सञ्चालकले अन्य सेयरधनीसरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट उनीहरूलाई वञ्चित गर्ने कार्य न्यायोचित हुँदैन, ” उनले भने ।
सेयर बिक्रीसम्बन्धी पछिल्ललो व्यवस्थाले लगानीको वातावरणमा समस्या सिर्जना गर्नुका साथै वैदेशिक लगानीसमेत प्रभावित हुने अध्यक्ष मल्लको भनाइ छ ।

कुनै व्यवसायीले आप्mनो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्यम, व्यवसायको विविधीकरणलगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लको भनाइ छ ।
सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्द छौँ ।”

 

United long banner ad
Prev Post

एनपीएलमा ऐरीलाई ओमोडा इभी, अरु कसलाई के?

Next Post

म्याग्दी हाइड्रोको शेयर लगानीकोषले प्रत्याभूत गर्ने

post-bars

Leave a Comment