Back To Top

September 1, 2025

काठमाडौं चक्रपथमा निजी स्कुल बसको र्‍याली

Global Ime Bank AD

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले काठमाडौं चक्रपथमा स्कुल बसको र्‍याली निकालेका छन् ।

विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमश: गैरनाफामूलक बनाउने भन्ने शब्द हटाउन माग गर्दै विद्यालय बससहित प्रदर्शन गरेका हुन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन् ।

यसै क्रममा प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा र्‍याली निकालेका हुन् । चक्रपथको एक लेनमा निजी विद्यालयहरुका पहेँला बसहरु लस्कर लागेका छन् । उनीहरुको प्रदर्शनले कुनै कुनै ठाउँमा अन्य यातायतका साधनलाई समस्या पारेको थियो ।

Global Ime Bank
Prev Post

नवौ वर्षमा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स

Next Post

मध्य भोटेकोसीको बिजुली राष्ट्रिय ग्रिडमा

post-bars

Leave a Comment