Back To Top

October 7, 2024

प्रभु इन्स्योरेन्सको २५ लाख रुपैयाँ सहयोग

Global Ime Bank AD
Insourance

काठमाडौ ।
प्रभु इन्स्योरेन्सले गत असोज ११ र १२ गते आएको बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुनस्र्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवी उद्धार कोषमा इन्स्योरेन्सका तर्फबाट २५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्ल, सांसद समेत रहेका प्रभु गु्रपका अध्यक्ष देवि प्रकाश भट्टचन एवं इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले २५ लाख रुपैयाको चेक संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरे ।
मुलुकलाई विपत्ती आई लागेको अवस्थामा राहत तथा पुर्नस्थापनाका लागि सहयोग गरिएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्लले बाढी पहिरोबाट पीडित भएका परिवारको बीमा सहजीकरणका लागि पनि काम भईरहेको उनले जानकारी दिए ।

बाढी तथा पहिरोका कारण भएको क्षति तथा हानी नोक्सानीको प्रभु इन्स्योरेन्समा बीमा गरेका नागरिकका लागि सम्पत्तिको दावी गर्न पनि आग्रह गरिएको अध्यक्ष मल्लले बताए ।

 

United long banner ad
Prev Post

एभरेष्ट बैंकको बोनस शेयर पारित

Next Post

एनएमबि बैंकले दियो उद्धार कोषमा ५१ लाख

post-bars

Leave a Comment