Back To Top

November 12, 2024

उद्योगहरुमा काटिएको विद्युत् जोड्ने निर्णय

Global Ime Bank

काठमाडौँ,
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरुमा काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको छ । मँगलबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रालयमा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रीपरिषद्को निर्देशन अनुसार यस्तो निणर्य गरेको हो ।

आइतबारको मन्त्रीपरिषद् बैठकलले डेडिकेटेड र ट्रंकलाइन महशुल विवाद समाधानार्थ गठित लाल आयोगको प्रतिवेदनको सिफारिस अनुसार महशुल निर्धारण गरी १५ दिनभित्र महशुल असुल गर्ने गरी उद्योगमा काटिएको लाइन जोड्न उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाइ निर्देशन दिएको थियो ।

मन्त्रीपरिष्दको सोही निर्देशन कार्यान्वयन गर्ने गरी सञ्चालक समितिले निर्णय गरेको ऊर्जा मन्त्री दिपक खड्काले बताए ।

यो निर्णयपश्चात प्राधिकरणले टिओडी मिटरका आधारमा उद्योगहरुबाट रकम असुल गर्ने र काटिएको विद्युत् तत्काल जडान गर्ने उनको भनाइ छ ।

प्राधिकरण व्यवस्थापनले उद्योगमा लाइन पुनः जोडने तयारी थालेको र बुधबारसम्म लाइन जोड्ने तयारी प्राधिकरणको छ ।

डेडिकेटेड र ट्रंकलाइन महशुल वापतको प्रिमियम रकम नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले गत असोज २४ गते ४९ उद्योगहरुको सूचि र रकम सहित १५ दिने म्यादसहितको सूचना जारी गरेको थियो । सोही अनुसार कात्तिक ८ गते ३४ उद्योगको विद्युत् आपूर्ति विच्छेद गरिएको थियो ।

४९ मध्ये ७ उद्योगहरुको मुद्धा अदालतमा विचाराधिन रहेको र ६ उद्योगले अन्तिम दिन किस्ता तिरेकाले लाइन काटिएको थिएन भने २ सरकारी उद्योगको हिसाव मिलान गर्ने गरी लाइन काटिएको थिएन । लाइन काटिएका ६ उद्योगले पनि यो बीचमा बक्यौता रकमको पहिलो किस्ता तिरेपछि लाइन जोडिएको थियो । प्राधिकरण सञ्चालक समितिको यो निणर्य सँगै बाकी २८ उद्योगहरुमा पनि लाइन जोडिने भएको छ ।

 

Prev Post

कुलमान घिसिङलाई अर्को स्पस्टीकरण

Next Post

विश्व बचाउन हिमाल जोगाऔः राष्ट्रपति पौडेल

post-bars

Leave a Comment