Back To Top

December 11, 2024

पश्चिम काठमाडौंमा ९ दिन बिजुली अवरुद्द हुने

Global Ime Bank

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौं पश्चिम भेकका विभिन्न स्थानमा बुधबारदेखि आगामी पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणले कुलेश्वर, बानेश्वर र कीर्तिपुर क्षेत्रमा विद्युती तार भूमिगत गर्न  लागेकेा छ । यसकैलागि एक सुचना जारी गर्दै प्राधिकरणले विभिन्न स्थानमा छुट्टाछुट्टै फिडरहरु बिहान ११ देखि दिउँसो ३ बजेसम्म सटडाउन गरिने उल्लेख गरेकेा छ ।

बुधबार कीर्तिपुरको रोपवे फिडर सट डाउन गरिनेछ । त्यसले बल्खु करिडोर क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ ।

बिहीबार मच्छेगाउँ फिडरअन्तर्गतका भत्केकपाटीदेखि राराहिल चोक क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ ।

प्राधिकरणका अनुसार शुक्रबार रोपवे फिडरको कीर्तिपुर रिङरोड क्षेत्र र शनिबार बाफल फिडरअन्तर्गतका स्वयम्भू क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ ।

पुस १ गते कीर्तिपुरकै रोपवे फिडरअन्तर्गतका कीर्तिपुर रिङरोड क्षेत्र र खसीबजार क्षेत्र विद्युत अवरुद्ध हुने छ भने पुस २ गते मच्छेगाउँ फिडरअन्तर्गत राराहिल चोकदेखि ढाल्पा चोक, पुस ३ गते रोपवे फिडरकै मेत्रीनगर इशानेश्वर मन्दीर क्षेत्रमा विद्युत अवरुद्ध हुने । यसैगरी, पुस ४ गते बाफल फिडरअन्तर्गत स्वयम्भू क्षेत्र र पुस ५ गते शंखमुलको दोभान पुल क्षेत्रमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

मौसम प्रतिकूल रहे सटडाउन नहुने पनि प्राधिकरणले जनाएको छ ।

Prev Post

प्रत्यक्ष निर्वाचित अध्यक्षमै फर्कियो महासंघ

Next Post

डिजिटल भुक्तानीमा भ्याट विरुद्दको रिट खारेज

post-bars

Leave a Comment