Back To Top

December 7, 2025

सिटिजन लाइफको सीईओमा पुनः पोषकराज

Global Ime Bank AD
Insourance

काठमाडौं ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः पोषकराज पौडेल नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको शुक्रबार (मंसिर १९ गते) बसेको बैठकले पौडेललाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको ४ वर्षे अर्को एक कार्यकालको यो नियुक्ति आउँदो पुस ३० गतेबाट लागू हुनेछ।उनी सिटिजन लाइफको सीईओमा २०७४ माघमा नियुक्त भएका थिए।

सीईओ पौडेल बैंक, बीमा तथा वित्तीय क्षेत्रमा ३ दशकभन्दा लामो समय बिताइसकेका छन्। सिटिजनमा आउनुअघि उनी अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफमा वित्त प्रमुखका रुपमा कार्यरत थिए।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए तथा एसीएस र एफएलएमआई (यूएसए)को अध्ययन पूरा गरेका पौडेलले स्वदेश र विदेशमा नेतृत्व विकास तथा व्यवस्थापन विषयमा तालिमसमेत लिएका छन्।

United long banner ad
Prev Post

सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन

Next Post

विद्युतीय तार भूमिगत गर्ने काम अगाडि बढाइने

post-bars

Leave a Comment