Back To Top

June 6, 2025

साढे तीन घण्टामा पोखरा-मुक्तिनाथ केबुलकार सरर…

Global Ime Bank AD
Insourance

लगानी बोर्डले एक केबुलकार र तीन जलविद्युत् आयोजना निर्माणका लागि एक खर्ब १७ अर्ब ४० करोड रुपियाँको लगानी स्वीकृत गरेको छ ।

स्वीकृत परियोजनामध्ये सबैभन्दा ठुलो ८१.०४१ किलोमिटर लामो मुक्तिनाथ केबुलकार परियोजनाको ५७ अर्ब ६४ करोड रुपियाँ लगानी स्वीकृत भएको छ । बोर्ड बैठकले २१६ मेगावाटको बझाङ माथिल्लो सेती जलविद्युत् परियोजना, ४४ मेगावाटको बकान खोला जलविद्युत् परियोजना र ४३.२ मेगावाटको छिलुङ खोला जलविद्युत् परियोजनाका लागि गरी जम्मा ५९ अर्ब ७६ करोड रुपियाँ लगानी स्वीकृत गरिएको बोर्डको कार्यालयले जनाएको छ ।

बैठकले मुक्तिनाथ केबुलकार परियोजनाको परियोजना विकास सम्झौता (पिडिए) को सर्तलगायत विषयमा प्रस्तावक कम्पनीसँग वार्ता गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति पनि  गठन गर्ने निर्णय गरेको छ ।

इन्जिनियरिङ प्रक्युरमेन्ट कन्ट्र्याक्ट र लगानी (इपिसिएफ) मोडलमा यो केबुलकार बनाउन करिब ४४ अर्ब रुपियाँ लगानी गर्ने गरी भारतीय कम्म्पनी के एन्ड आर इन्जिनियरिङसँग समझदारी पनि भएको थियो ।

कम्पनीका अध्यक्ष अरुण सुवेदीका अनुसार प्रशासनिक ढिलासुस्तीका कारण सो समझदारीको समयसीमा गुज्रिसकेको छ । अब स्वदेशी बैङ्क तथा वित्तीय संस्थाबाटै ऋण लगानी गराउन पनि पहल गरिने  उनले बताए ।“प्रक्रियागत ढिलासुस्तीका कारण हामीले लक्ष्य अनुसार समयमा काम गर्न पाएनौँ,” उनले भने, “ढिलै भए पनि सरकारले परियोजनाको काम अघि बढाउन स्वीकृति दिएको छ, अब हामी लगानीका लागि नयाँ र उपयुक्त विकल्पमा छलफल गर्ने छौँ ।”

१७ खण्ड हुने सो केबुलकारमा १९ वटा स्टेसन हुने छन् । यीमध्ये तीन वटा प्राविधिक स्टेसन मात्र हुने छन् ।  यीमध्ये आठ वटा स्टेसनमा अनिवार्य रूपमा ओर्लिनुपर्ने हुन्छ । पाँच स्टेसनमा अत्यावश्यक भए मात्र ओर्लिन पाइने र अन्य ११ स्टेसनमा बास बसेर जान पाइने व्यवस्था रहने बताइएको छ । केबुलकारमा ७७६ वटा डिब्बा (गोन्डोला) राख्न प्रस्ताव गरिएको छ । मुक्तिनाथ केबुलकार समुद्री सतहबाट एक हजारदेखि तीन हजार सात सय मिटर उचाइसम्म पुग्ने छ । प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने योजना केबुलकार योजनाको  छ ।

प्रतिसेकेन्ड सात मिटरको गतिमा हुइँकिने केबुलकारका डिब्बाले मुक्तिनाथसम्म पुग्न केबुल तीन घण्टा ३६ मिनेट लगाउने छ । यसमा १७ वटा खण्ड बनाइने छ भने १९ वटा स्टेसन हुने छन् ।

 

United long banner ad
Prev Post

एलन मस्कसँगको सम्बन्ध तोड्ने ट्रम्पको चेतावनी

Next Post

जगदुल्ला हाइड्रोको ठेक्का रोक्न लेखासमितिको निर्देशन

post-bars

Leave a Comment