Back To Top

October 22, 2024

प्लास्टिक बोतल प्रयोगमा प्रतिबन्ध

Global Ime Bank

काठमाडौ:
सरकारले चार तारे तथा सो भन्दा माथिका होटलमा प्लास्टिक जन्य बोटल प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

मानव स्वास्थ्य एव वातावरणीय हिसावले प्लास्टिकका बोतल प्रयोग अस्वस्थकर भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले तारे होटलहरूमा प्लास्टिकजन्य बोटलयुक्त पेय पदार्थम रोक लगाएको हो ।
यस अनुसार यस्ता होटलले जुस तथा पानी प्लास्टिकका बोतलमा विक्री गर्ने तथा ग्राहकलाई उपलब्ध गराउन पाउने छैैनन् ।
विभागले प्रेस विज्ञप्ति जारी गर्दै तारे होटलहरु (चार तारे, पाँच तारे र पाँच तारे डिलक्स) सबै रिसोर्टहरु (डिलक्स र लक्जरी)हरूमा प्लास्टिकजन्य बोटलहरूमा रोक लगाएको जनाएको छ ।

विज्ञप्तीअनुसार तारे स्तरमा इजाजत प्राप्त होटल तथा रिसोर्टहरुमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थहरु प्रयोगमा आइरहेका गुनासो आएको र सोही अनुसार प्लास्टिकजन्य बोटलको प्रयोगमा निषेध गरी काँचका बोटल तथा अन्य धातुको भाँडा प्रयोगमार्पmत होटलका कोठा तथा रेष्टुरेन्टहरुमा पिउने पानीको व्यवस्था मिलाउन निर्देशन दिईएको छ ।

Prev Post

बेलिब्रिजले पुनः जोडिए सिन्धुली र रामेछाप

Next Post

प्राधिकरणले पाउने भयो सस्तोमा बिजुली

post-bars

Leave a Comment