Back To Top

August 8, 2024

घामले पानी खण्डीकरण गरी सिधै हाइड्रोजन

Global Ime Bank AD
Insourance

काठमाडौ,
अमेरिकाको ओरिगन विश्व विद्यालयको एक अध्ययन्ले सौर्य ऊर्जाबाट सिधै हाइड्रोजन उत्पादन गर्न सकिने प्रमाणित गरेको छ । विश्वविद्यालयले गरेको अध्ययन अनुसार फोटोक्याटलाइसिस प्रक्रिया मार्फत यो सम्भव हुनेछ ।

यो प्रविधि व्यवहारिक हुने हो भने इलेक्ट्रोलाइसिस पद्धति आवश्यक हुनेछैन । ऊर्जा स्रोतको रूपमा रहेको हाइड्रोजन दिगो र हरित अर्थतन्त्रको लागि महत्वपूर्ण स्रोतका रुपमा स्थापित हुँदै गएको छ । ट्रक, रेल र कारहरूमात्र होइन यो स्टिल उत्पादनमा, रासायनिक उद्योगमा र नवीकरणीय ऊर्जाको भण्डारण माध्यमको रूपमा पनि प्रयोग गरिन्छ ।

दिगो र वातावरणमैत्री ऊर्जा स्रोत भएकाले पछिल्लो समय यो हाइड्रोजन उत्पादनमा सुधारको लागि धेरै प्रयास हरु भइरहेको छन् । यहि प्रयासमा ओरिगनको अध्ययनलाई मान्दा यो विधिमा पानी खण्डिकरणका लागि विद्युत् वा अन्य इन्धन आवश्यक पनि पर्दैन भने हालसम्म प्रयुक्त विधिभन्दा १५ गुणा बढी हाइड्रोजन उत्पादन हुन्छ ।

्रपछिल्लो समय प्रभावकारी ऊर्जा स्रोत बनिरहेको हाइड्रोजनको उत्पादन प्राकृतिक ग्यासबाट हुने कुरालाई अश्विकार गर्दै जाँदा जलविद्युतमार्फत इलेक्टेलाईसिस गर्नुपर्ने हुन्छ । तर फोटोसेन्थेसिस विधि भनिएको यो पद्धति उपयोगमा आए ऊर्जा क्षेत्रमा ठूलो फड्को हुने सक्ने आँकलन छ ।

ओरेगन स्टेट युनिभर्सिटीको अनुसन्धान समूहले लिएको दृष्टिकोणअनुसार न्यानोमिटर जत्रा छिद्रहरू भएका धातु र जैविक तत्वहरूबाट बनेको फ्रेम हरु मार्फत सूर्यको प्रत्यक्ष किरण प्रयोग गरी सामान्य पानीबाट शुद्ध हाइड्रोजन निकालन सकिन्छ ।

यसमा एक रासायनिक प्रक्रिया मार्फत सूर्यको किरणबाट फोटनको अवशोषणबाट मात्र सुरु हुन्छ जुन आधारभूत प्रविधि पहिले नै परिचित छ। इन्डियम वा टाइटेनियम प्रयोग गर्ने यसअघिका डिजाइनहरूले हाइड्रोजन उत्पादन गर्न सौर्य ऊर्जाको ०.३ र ०.७ प्रतिशत मात्र प्रयोग गर्न सक्षम थिए।
यो विधिमा पानीमा रहेको हाइड्रोजनको लगभग २० प्रतिशत एक घण्टा भित्र बिच्छेद गर्न सकिन्छ। अर्थात एक घण्टामा एक किलोग्राम हाइड्रोजन प्राप्त गर्न ५० लिटर पानी पर्याप्त हुन्छ ।

United long banner ad
Prev Post

अमेरिकी डलरको भाउले नयाँ रेकर्ड

Next Post

प्राधिकरणले बुझायो लेखालाई टिओडीसहितका प्रमाण

post-bars

Leave a Comment