बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।
निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ ।
