पेट्रोलियम पदार्थको मूल्य फेरबदल

काठमाडौँ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरबदल गरेको छ। शनिबार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल तथा डिजेलरमट्टीतेलको नयाँ मूल्य निर्धारण गरेको हो ।
निगमले पेट्रोल प्रतिलिटर २ रूपैयाँले बढाउदा डिजेल–मट्टीतेल प्रतिलिटर १ रूपैयाँले घटाइएको विज्ञप्तिमा उल्लेख छ । भारतीय आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त पछिल्लो खरिद मूल्यका आधारमा नयाँ उपभोक्ता मूल्य तय गरिएको निगमले जनाएको छ ।
देशका विभिन्न स्थानमा ढुवानी खर्चको अन्तर हुने भएकाले निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि क्षेत्रगत रूपमा तीन समूह बनाएको छ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी पर्छन् । यहाँ पेट्रोलको मूल्य प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा र डिजेलरमट्टीतेलको मूल्य १४६ रुपैयाँ ५० पैसा कायम भएको छ ।
दोस्रो वर्गमा सुर्खेत र दाङ समेटिएका छन् । यी क्षेत्रमा पेट्रोल १६० रुपैयाँ र डिजेलरमट्टीतेल १४८ रुपैयाँ प्रतिलिटर पर्नेछ। तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल रहेका छन् । यहाँ पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजेलरमट्टीतेल १४९ रुपैयाँ तिरिर्नु पर्नेछ ।
