Back To Top

April 29, 2025

पाथीभरा केबुलकारद्वारा वार्ता आह्वान

Global Ime Bank AD
Insourance

काठमाडौँ।

पाथीभरादेवी दर्शन केबुलकार कम्पनीले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबुलकारको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ ।

कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले सधैँ स्थानीयको माग र सरोकारलाई उच्च सम्मान गर्दै आएको बताएको छ । कम्पनीले विज्ञप्तिमा त्यहाँका स्थानीय धर्म, संस्कृति, पहिचान र सभ्यताको जगेर्ना गर्दै त्यसको प्रवर्धन गर्न कम्पनीका तर्फबाट यथाशक्य सहयोग रहने प्रतिबद्धता जनाएको छ । गत साता त्यहाँका स्थानीयवासीका सरोकारका विषयमा पहिचानका लागि युवालगायत विभिन्न स्थानीय सङ्घ संस्थाले राजधानीमा पत्रकार सम्मेलन गरेका थिए ।

सो पत्रकार सम्मेलनमार्फत सरोकारवाला वार्ता तथा छलफलबाट समाधान निकाल्ने र परियोजना निर्माणमा सहज वातावरण बनाउन सम्बद्ध सबै पक्षसँग आग्रह गरिएको उल्लेख छ । पाथीभरादेवी दर्शन केबुलकार कम्पनीले त्यसलाई सकारात्मक रूपमा लिएको बताएको छ ।

विज्ञप्तिमा कम्पनीले परियोजना निर्माणका लागि आवश्यक नेपाल सरकारको मापदण्ड अनुसार वातावणीय प्रभाव मूल्याङ्कनलगायत सम्पूर्ण सरकारी प्रक्रिया पूरा गरेर परियोजना निर्माणका क्रममा रहेको जनाएको छ । स्थानीय कला संस्कृति, पहिचान र धार्मिक परम्पराबमोजिम परियोजना निर्माण गर्ने र आवश्यकता अनुसार स्थानीय जनप्रतिनिधि तथा सबै सरोकारवालासँग वार्ता, छलफल तथा समन्वय गरी अगाडि बढ्ने कम्पनीका सञ्चालक रुद्रराज पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

United long banner ad
Prev Post

दाउन्ने खण्ड थप १५ दिन बन्द हुने

Next Post

एनएमबी बैंकले ग्रिन बण्ड जारी गर्ने

post-bars

Leave a Comment