Back To Top

July 7, 2025

टेक एण्ड पे’ प्रावधानमा पुनःविचार गर्नुपर्ने

Global Ime Bank AD

काठमाडौँ:

सांसदहरूले ‘टेक एण्ड पे’ प्रावधान विचार गरेर मात्रै लागू गर्न सुझाव दिएका छन् । आईतबार बसेको प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा ल्याएको विद्युत् खरिदमा ‘टेक एण्ड पे’ प्रावधानले निजी क्षेत्रको मनोबल घट्न सक्ने भन्दै उक्त प्रावधान लागू गर्नुअघि पुनःविचार गर्नुपर्ने सुझाव दिएका हुन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका पूर्वमन्त्री समेत रहेका सांसद शक्तिबहादुर बस्नेतले ‘टेक एण्ड पे’ को नीति समाधानमुखी हुनुपर्नेमा जोड दिए । “सरकारले ल्याएको ‘टेक एण्ड पे’ को नीतिले निजी क्षेत्रलाई निरुत्साहित भएन, उनीहरूको लगानी बिना विद्युत् उत्पादन बढाउने लक्ष्य पूरा गर्न सम्भव छैन । त्यसर्थ, यस विषयमा आवश्यक अध्ययन गरेर थप विचार गर्नुपर्छ,” उनको भनाई छ ।

सांसद महेश बस्नेतले पनि ‘टेक एण्ड पे’ कि ‘टेक अर पे’ नीतिबारे स्पष्ट भएर यसको असर के हुन सक्छ भन्ने विषयमा थप अध्ययन गर्न आवश्यक रहेकोमा जोड दिए ।

सांसद निशा डाँगीले पनि ‘टेक एण्ड पे’ को प्रावधान ल्याउने निर्णय गर्न किन आवश्यक परेको हो ? यस विषयमा स्पष्ट हुनुपर्ने बताइन् । उक्त प्रावधानको विरोध भइरहेको सन्दर्भमा आगामी दिनमा यी प्रावधान लागू गर्न उचित हुने कि नहुने ? भन्ने विषयमा आवश्यक अनुसन्धान गर्नुपर्ने उनीको जोड रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘टेक एण्ड पे’ को नीतिले कुनै पनि हालतमा निजी क्षेत्रलाई निरुत्साहित नबनाउने बताए । “उक्त प्रावधानले निजी क्षेत्रलाई निरुत्साहित बनाउन खोजेको होइन । यसको गलत किसिमले व्याख्या भइरहेको छ,” उनले भने, “लगानीकर्ताले उत्पादन गरेको विद्युत्को बजार त छ तर ट्रान्समिसन लाइन नहुँदा समस्या आएको छ । सबै ठाउँमा ट्रान्समिसन लाइन जडान गर्न सरकारको लगानीले मात्रै पुग्दैन । त्यसर्थ, निजी लगानी पनि आवश्यक पर्ने भएकाले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्नेछौं ।”

Global Ime Bank
Prev Post

सहकारीपीडितको तीन अर्ब ७१ करोड फिर्ता

Next Post

जलविद्युत् आयोजनामा क्षति, १५ जना बेपत्ता

post-bars

Leave a Comment