Back To Top

March 26, 2025

घिसिङको बर्खास्तीले संसद अवरुद्ध

Global Ime Bank

काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा  प्रतिपक्षमा रहेका राजनीतिक दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । उनीहरूले विरोध गर्दै प्रधानमन्त्रीको धारणा माग गरेका छन् ।

विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ नआएसम्म सदन चल्न नदिने अडान लिएका थिए ।

सभामुख देवराज घिमिरेले सांसदहरूलाई बस्न आग्रह गरे । तर, सांसदहरू उभिरहेपछि सभामुख घिमिरेले बैठक आधा घण्टापछि बस्नेगरी स्थगित गरेका हुन् ।

संसद् बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाए ।

त्यसपछि सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद शक्ति बस्नेतलाई समय दिए । उनले स्पष्टीकरणको नौटंकी रचेर आफ्नो गलत कुरा छोप्न घिसिङलाई हटाइएको बताए । घिसिङलाई हटाएर सरकार बिचौलियाको पक्षमा उभिएको उनको आरोप छ ।

उनले चार महिना कार्यकाल बाँकी भएका व्यक्तिलाई हटाएको निर्णय फिर्ता लिन माग गरे । उनले चार महिना सरकार टिकाउन सकिन्छ भन्ने आत्मविश्वास गुमाएकाले घिसिङलाई हटाइएको आरोप पनि लगाए ।

“यो हदको मानमर्दन किन गर्‍यो ? सरकारलाई चार महिना पनि टिक्न सकिन्छ भन्ने विश्वास गुमाएकाले होला चार महिना अगावै सरकार विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकलाई बर्खास्ती गर्ने निर्णयमा पुगेको छ,” बस्नेतले भने ।

Prev Post

नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली

Next Post

जलवायु कोषको ४१ अर्व डलर विश्वबैंकले हरायेा

post-bars

Leave a Comment