Back To Top

September 26, 2025

अर्थमन्त्रालयका टिप्पणी डिजिटल माध्यमबाट स्वीकृत

Global Ime Bank AD
Insourance

काठमाडौं ।

अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयको सबै टिप्पणी डिजिटल माध्यमबाट स्वीकृत गर्न सुरु गरेका छन् । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको सुरुवात गर्दै उनले अब पेपरलेस अवधारण सुरु गरेका हुन् ।

उक्त प्रणालीबाट फाइल स्वीकृत गरी अर्थमन्त्रीले एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको प्रणालीको शुभारम्भ गरेका हुन् ।
सरकारी निकायबाट सम्पादन हुने कार्यहरुलाई एउटै सूचना प्रणालीमार्फत सरल, सहज, छिटाे, छरिताे, मितव्ययी, पारदर्शी र प्रभावकारी रुपमा सम्पादन गरी कागजरहित सरकारको अवधारणालाई कार्यान्वयनमा ल्याएका मन्त्रालयले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागले विकास गरेकाे एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको प्रयोगलाई अर्थ मन्त्रालयमा अनिवार्य गरेकाे हो ।

उक्त एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोग गरी विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठीपत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापन लगायतका कार्य अनिवार्य रुपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरि सम्पादन गर्नु पर्ने भएको छ।

United long banner ad
Prev Post

सम्पत्तिमाथि आक्रमण नहुने सुनिश्चितता आवश्यकः महासंघ

Next Post

ग्लोबल आइएमईको ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक

post-bars

Leave a Comment