तेस्रो पुरानो जलविद्युत् तहस नहस

पनौती:
देशभरका करिव २ दर्जन जलविद्युत् आयोजनामा अवरिल वर्षापछिको बाढीले असर गरेकामा बनेपाको पनौतिमा रहेको नेपालको तेस्रो पुरानो जलविद्युत् आयोजना ‘पनौती जलविद्युत् केन्द्र पनि तहस नहस भएको छ ।
शनिबारको बाढीले केन्द्रको पावर हाउ्रस लेदो र गेग्रान ल भरिएको छ भने पानी आउने नहर पनि रोशी खोलाले ठाउँ ठाउँमा विच्छेद छ । केन्द्र प्रमुख सविना उप्रेतीका अनुसार पावरहाउसभित्र रहेका तीन वटा टर्वाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिएस प्रणालीलगायतको उपकरण डुबेको छन् ।
पावरहाउसका साथै बाँधबाट पावरहाउससम्म पानी ल्याउनका लागि बनाइएको क्यानल (कुलो) को विभिन्न स्थानमा समेत पहिरोका कारण ध्वस्त प्राय छ । यद्धपी बाँध भने सुरक्षित रहेको पाइएको छ । केन्द्रबाट तीन वटा टर्वाइनमध्ये दुई वटा टर्वाइनबाट १.४ मेगावाट विद्युत् हुँदै आएको थियो ।
तत्कालीन सोभियत सङ्घको सहयोगमा २७ करोड रुपैयाँ लागतमा निर्माण गरिएको २.४ मेगावाट क्षमताको जलविद्युत् केन्द्रको विसं २०२२ साल असार ३१ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए ।