Back To Top

August 11, 2025

देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न

Global Ime Bank AD

काठमाडौँ ।

हालसम्म देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन २५ गतेसम्म १३ लाख ७८ हजार ९६६ हेक्टर रोपाइँ योग्य क्षेत्रफलमध्ये १२ लाख ५४ हजार ८८६.८५ हेक्टरमा धान रोपिएको हो ।

गत वर्षको साउन २७ गतेसम्म ९८.१९ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयका अनुसार अहिले देशभर मनसुन सक्रिय भएकाले बाँकी रोपाइँ चाँडै सम्पन्न हुने अपेक्षा गरिएको छ ।

प्रदेशगत विवरण हेर्दा सुदूरपश्चिम प्रदेश ९९.७२ प्रतिशत रोपाइँ पुरा गरी सबैभन्दा अगाडि रहेको छ । उक्त प्रदेशमा १ लाख ७६ हजार १५१ हेक्टरमध्ये १ लाख ७५ हजार ६५२ हेक्टरमा रोपाइँ भइसकेको छ । कर्णाली प्रदेशमा पनि ९८.४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कर्णालीमा ४१ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये ४० हजार ३८३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशमा ९८.०७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जहाँ ३ लाख २ हजार ९३९ हेक्टरमध्ये २ लाख ९७ हजार १०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो । गण्डकीमा ९२.७७ प्रतिशत अर्थात् ९४ हजार १८२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा ८७ हजार ३७५ हेक्टर इोत्रफलमा धान रोपाइँ भएको हो भने बागमती प्रदेशमा ९३.५६ प्रतिशत रोपाइँ भएको हो । बागमतीमा १ लाख १५ हजार ६२१ हेक्टर क्षेत्रफल मध्ये १ लाख ८ हजार १७३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो ।

कोशी प्रदेशमा ९४.४२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कोशीमा २ लाख ७६ हजार ३८६ हेक्टर क्षेत्रफलमध्ये २ लाख ६० हजार ९६४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । तर, मधेश प्रदेशमा भने रोपाइँको गति ढिलो देखिएको छ । ३ लाख ७२ हजार ६४५ हेक्टर रोपाइँ योग्य क्षेत्रफलमध्ये हालसम्म ७६.५४ प्रतिशत अर्थात् २ लाख ८५ हजार २३४ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ ।

Global Ime Bank
Prev Post

ठोरीमा पाटेबाघ मृत फेला

Next Post

एभरेष्ट बैंकको नाफा ४ अर्ब ९१ करोड

post-bars

Leave a Comment