Back To Top

January 13, 2026

ओखरपौवा–तीनपिप्ले २२० केभी प्रसारण लाइन बन्ने

Global Ime Bank AD
Insourance

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले ओखरपौवा–तीनपिप्ले खण्डमा उच्च क्षमताको २२० केभी प्रसारण लाइन निर्माण गर्ने भएको छ । उक्त प्रसारण लाइन निर्माणका लागि प्राधिकरणले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) को तयारी गरेको जनाएको छ ।

प्राधिकरणको स्वामित्वमा रहेको त्रिशूली थ्री–बी हब मातातीर्थ प्रसारण लाइन आयोजनाको टावर नम्बर ३७ बाट ट्यापिङ गरी नयाँ प्रसारण लाइन निर्माण गर्न लागिएको हो। सो प्रसारण लाइन काठमाडौँको तीनपिप्लेमा जोडिनेछ । तीनपिप्ले क्षेत्रमा प्राधिकरणले सवस्टेशन निर्माणको कामसमेत अघि बढाइरहेको छ ।

प्रस्तावित प्रसारण लाइन धादिङ जिल्लाको धुनीबेँसी, नुवाकोट जिल्लाको ककनी हुँदै काठमाडौँ महानगरपालिकाको तारकेश्वरस्थित तीनपिप्लेसम्म विस्तार हुने प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन तथा सवस्टेशन आयोजना कार्यान्वयनका क्रममा आयोजना प्रभावित क्षेत्रको भौतिक तथा रासायनिक वातावरण, सामाजिक, आर्थिक तथा सांस्कृतिक पक्षमा पर्न सक्ने सम्भावित प्रभावको अध्ययन भइरहेको प्राधिकरणले जनाएको छ । प्रारम्भिक अध्ययनका आधारमा तयार पारिएको वातावरणीय परीक्षण प्रतिवेदनको मस्यौदालाई सरोकारवालाबाट प्राप्त सुझाव समेटेर थप परिमार्जन गर्ने तयारी गरिएको हो ।

United long banner ad
Prev Post

कांग्रेसको विशेष महाधिवेशनमा ६२ प्रतिशत महाधिवेशन प्रतिनिधि

Next Post

सोलु हाइड्रोको आइपीओ खुला

post-bars

Leave a Comment