टेलिकमको अवरुद्ध मोबाइल सेवा सुचारु
काठमाडौं ।
नेपाल टेलिकमको सेवा आज बिहान कबिर ११ बजेपछि आधा घण्टा अबरुद्ध भएको छ । सेवा करिब आधा घण्टासम्म अवरुद्ध हुँदा जीएसएम मोबाइल सेवा र यसका डेटा सेवा तथा एसएमएस सेवा पनि प्रभावित भएको छ ।
यस अवधिमा देशका अधिकांश भागमा टेलिकम नेटवकर्कबाट फोन नलाग्ने तथा मोबाइल डेटा नचल्ने समस्या देखिएकोले यसको कारण र समस्या पहिचानको विषयमा अध्ययन भइरहेको र त्यसको रिपोर्ट आइनसकेको नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले बताए ।
अहिले मोबाइल सेवा पुनः सञ्चालनमा आइसकेको छ।
यसअघि पनि असोज २३ गते पनि देशभर करिव आधा घण्टा टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको थियो ।