Back To Top

October 27, 2024

दुर्गम भन्ने ठाँउ छैनः प्रधानमन्त्री ओली

Global Ime Bank AD
Insourance

काठमाडौः

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासको गतिमा अग्रसर रहिरहेको बताउँदै मुलुकमा दुर्गम भन्ने ठाउँनै नरहेको बताएका छन् । देशभर विकासका लागि आधारभूत पूर्वाधार तयार भइसकेको भन्दै अब त्यस्कै आधारमा समृद्धि हासिल गरिने पनि बताए ।

आइतबारदेखि राजधानीमा सुरु भएको गैर आवशीय नेपाली संघ(एनआरएनए) ग्लोबल कन्क्लेभ तथा वार्षिक साधरणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशभर सडक विमानस्थल जस्ता पूर्वाधारले कनेक्टीभिटी बढाएको समेत उल्लेख गरे । सोही आधारमा नै उपलब्ध पूर्वाधार तथा प्रविधिको सदुपयोगमार्पmत मुलुकको विकासको गतिलाई तिव्र पार्न सकिने पनि उनले बताए ।

एनआरएनलाई प्रश्न: महाधिवेशन गर्न सक्नुहुन्छ?

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले गैरआवाशीय नेपालीको नागरिकताका विषयमा पनि चर्चा गर्दै त्यसलाई उपयोगी बनाउने बताए । सरकारले यसलाई उपयोगी बनाउन के कस्तो गर्नु पर्छ भन्दै एनआरएनएले सुझाव दिनुपर्ने बताएका थिए । सोही क्रममा महाधिवेशन गर्न नसकेको प्रशँग निकाल्दै एकिकृत हुन आग्रह पनि गरे । उनले भने, “ महाधिवेशन गर्नु पर्यो, खुला सत्र त सञ्चालन गर्न सक्नुहुन्न होला ? बन्दसत्र त झनै कसरी चलाउनु?”

राज्यको नागरिकता सुन तस्करको हातमा समेत पुगेको भन्दै उनले गैर आवाशीय नेपालीलाई दिएको नागरिकता उपयोगी बनाउन सरकारले प्रयाश गर्ने बताएका थिए ।
कार्यक्रममा सवै जसो वक्ताले एनआरएनएमा आएको फुट र त्यसले निम्त्याएको समस्याका विषयमा चर्चा गरेका थिए ।

United long banner ad
Prev Post

हाइगर बस हस्तान्तरण

Next Post

उद्योगीको गुनासोः हामी प्रताडित भयैाँ

post-bars

Leave a Comment