Back To Top

November 4, 2025

राष्ट्र बैंकमा ११ कार्यकारी निर्देशकको सरुवा

Global Ime Bank AD
Insourance

काठमाडौँ ।

नेपाल राष्ट्र बैंकमा एकै दिन ११ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । सोमबारको निर्णयअनुसार भाेलि देखि लागू हुने गरि सरुवा गरिएको हाे।

विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा सारिएको छ । त्यस्तै विदेशी विनिमय व्यवस्थापन विभागकाे जिम्मेवारी किरण पण्डितलाई दिइएकाे छ । उनी भुक्तानी प्रणाली विभागमा थिए । भुक्तानी प्रणाली विभागमा सत्येन्द्र तिमिल्सिनालाई लगिएको छ । उनी वित्तीय संस्था सुपरिभिजन विभागमा थिए । वित्तीय संस्था सुपरिभिजन विभागको जिम्मेवारी विश्रुत थापाले पाएका छन् । उनी मानव संशाधन विभागमा थिए ।

मानव संशाधन विभागको जिम्मेवारी गुरुप्रसाद पौडेललाई दिइएकाे छ। उनी बैंक तथा वित्तीय संस्था नियमन विभागमा थिए । बैंक तथा वित्तीय संस्था नियमन विभागमा रामु पौडेल छन् । उनी मुद्रा व्यवस्थापन विभागमा थिए ।

मुद्रा व्यवस्थापन विभागमा अनुज दाहाल पुगेका छन् । उनी संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा थिए । संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागको जिम्मेवारी राजन विक्रम थापाले पाएका छन् । यसअघि उनी गभर्नरको कार्यालयमा थिए ।

त्यसैगरी गभर्नर कार्यालयको जिम्मेवारी दयाराम शर्माले पाएका छन् । यसअघि उनी मौद्रिक व्यवस्थापन विभागमा थिए । मौद्रिक व्यवस्थापन विभागमा डिल्लीराम पोख्रेललाई लगिएको छ । उनी बैकिङ विभागमा थिए । बैकिङ विभागको जिम्मा रोशनकुमार सिग्देललाई दिइएको छ । उनी सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा थिए ।

नेपाल राष्ट्र बैंकमा १७ जना कार्यकारी निर्देशक रहनेमा ११ जनाको सरुवा गरिएको हो ।

United long banner ad
Prev Post

पूर्वबैंकर ज्ञवालीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

post-bars

Leave a Comment